Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›समाचार›तीन दिवसीय गोर्खा सांस्कृतिक नृत्य कार्यशाला ग्रेटर चेङ चेङ बिलमा सम्पन्न
समाचार

तीन दिवसीय गोर्खा सांस्कृतिक नृत्य कार्यशाला ग्रेटर चेङ चेङ बिलमा सम्पन्न

Super Admin10 January 20261 min read

तीन दिवसीय गोर्खा सांस्कृतिक नृत्य कार्यशाला ग्रेटर चेङ चेङ बिलमा सम्पन्न

ग्रेटर चेङ चेङ बिल, पश्चिम कार्बि आङलङ – २४ जुलाई २०२५

गोर्खा समुदायको परम्परा, कला, र सांस्कृतिक सम्पदाको संरक्षण तथा नयाँ पुस्तामा चेतना विकास गर्ने उद्देश्यका साथ ग्रेटर चेङ चेङ बिल शाखा, अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बि आङलङ जिल्ला समितिको तत्वावधानमा तीन दिवसीय गोर्खा सांस्कृतिक कार्यशाला २२ जुलाईदेखि २४ जुलाई २०२५ सम्म स्थानीय प्राथमिक विद्यालय प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यशालामा गोर्खा समुदायका परम्परागत खुकुरी नृत्य र मारुनी नृत्यको प्रशिक्षण दिइएको थियो। कार्यशालाका प्रशिक्षकको रूपमा आग्सु पश्चिम कार्बि आङलङ जिल्ला समितिका सांस्कृतिक सचिव श्री पिंकु पौडेलले खुकुरी नृत्य र शिक्षा सहसचिव श्री अजय गुरूङले मारुनी नृत्यको प्रशिक्षण दिएका थिए। गाउँका भाइबहिनीहरूको उत्साहजनक सहभागिताले कार्यक्रममा जीवन्तता थपेको थियो।

कार्यशालाको अन्तिम दिन २४ जुलाईको समारोहमा आग्सु पश्चिम कार्बि आङलङ जिल्ला समितिका मुल सचिव श्री भुजेल, आम्रेङ–कपिली आञ्चलिक समितिका सभापति श्री रोशन शर्मा, सांगठनिक सचिव बिमल घिमिरे, कार्यालय सचिव गोविन कार्की र कार्यकारिणी सदस्य सन्तोष कार्की पर्यवेक्षकका रूपमा उपस्थित थिए।

समापन समारोहमा ग्रेटर चेङ चेङ बिल शाखाका सभापति राहुल क्षेत्री, समाजसेवी मुक्तिनाथ घिमिरे, मातृशक्ति प्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरू र गाउँका बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना, व्यवस्थापन र सफल कार्यान्वयनका लागि शाखाका पदाधिकारीहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण समाजले सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमपछि सभापति राहुल क्षेत्री र शाखाकी मुल सचिव तनिषा कार्कीले संयुक्त रूपमा सम्पूर्ण सहभागी, सहयोगी तथा आगन्तुकहरूलाई आभार प्रकट गर्दै यस्तो खालको सांस्कृतिक गतिविधि भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।

तीन दिनसम्म चलेको यस ऐतिहासिक कार्यशालाले ग्रामीण स्तरमा सांस्कृतिक जागरण ल्याउनुका साथै गोर्खा समुदायको मौलिकता र पहिचानको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको सहभागीहरूको धारणा थियो।

About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

26 Jun 2026
শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

19 Jun 2026
পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

15 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.