Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›असम›कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह
असम

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

Super Admin12 January 20261 min read

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

[Nelive24], पश्चिम कार्बी आङलोङ अविभाज्य कार्बी आङलोङ जिल्लाका प्रतिष्ठित नेता तथा जुझारु व्यक्तित्व श्री राजु भट्टराई कार्बी आङलोङ स्वायत्त परिषद (KAAC) अन्तर्गतको कफी बोर्ड (Coffee Board) को अध्यक्ष पदमा नियुक्त हुनुभएको छ। कार्बी आङलोङ स्वायत्त परिषद सचिवालयको तर्फबाट उहाँलाई यस गरिमामय पदको जिम्मेवारी सुम्पिएको हो।

​कुशल संगठकको नयाँ जिम्मेवारी पश्चिम कार्बी आङलोङको उम्लाफेर निवासी राजु भट्टराई लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँ अविभाज्य कार्बी आङलोङ जिल्ला 'आग्सु' (AAGSU) का पूर्व मूल सचिव समेत हुनुहुन्छ। हाल भारतीय जनता पार्टीका निष्ठावान नेताका रूपमा परिचित भट्टराईले असम गोर्खा सम्मेलन पश्चिम कार्बी आङलोङ जिल्ला समितिको सभापति पदको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइरहनुभएको छ।

​क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास परिषदको कफी बोर्ड जस्तो महत्वपूर्ण विभागको नेतृत्व सम्हालेसँगै यस क्षेत्रमा कफी खेतीको प्रवर्द्धन र स्थानीय कृषकहरूको उत्थानमा नयाँ उचाई प्राप्त हुने विश्वास गरिएको छ। एक निष्कलंक छवि र जातीय सँग्रामीको रूपमा चिनिनुहुने भट्टराईको नियुक्तिलाई लिएर गोर्खा समुदायका विभिन्न संघ-संस्थाहरूले खुसी व्यक्त गरेका छन्।

​बधाई तथा शुभकामनाको ओइरो भट्टराईको यस सफलतामा विभिन्न तहका सामाजिक कार्यकर्ता, बुद्धिजीवी र शुभचिन्तकहरूले बधाई ज्ञापन गरेका छन्। उहाँको सफल, पारदर्शी र प्रभावकारी कार्यकालको कामना गर्दै क्षेत्रको विकासमा उहाँको योगदान कोशेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ।

#AAGSU#Assam Gorkha Sammelan#KAAC Coffee Board Chairman#Karbi Anglong News#Raju Bhattarai#West Karbi Anglong
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

15 Jun 2026
গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

গোৰ্খা উন্নয়ন পৰিষদৰ বৃহৎ পদক্ষেপ: তেজপুৰত ছাত্ৰাবাস নিৰ্মাণ আৰু বিনামূলীয়া APSC প্ৰশিক্ষণ | Nelive24

5 Jun 2026
शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24

शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण हुँदै | Nelive24

29 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.