Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›समाचार›को हुन हरि प्रसाद गोर्खा राई?
समाचार

को हुन हरि प्रसाद गोर्खा राई?

Super Admin17 March 20262 min read

बाबरी फूलको बास्ना मीठो,
जुनेली रातको सपना मीठो।"

गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती: गुवाहाटीमा शालिक अनावरण

Nelive24 Desk

​गुवाहाटी: प्रख्यात गोर्खा कवि तथा साहित्यकार हरि प्रसाद 'गोर्खा' राईको १११औँ जन्मजयन्ती आइतबार (१५ मार्च २०२६) गुवाहाटीमा श्रद्धापूर्वक मनाइएको छ। यसै अवसरमा भारतीय गोर्खा परिसंघ (भागोप) को असम राज्य कार्यालय परिसर (हरि प्रसाद ‘गोर्खा’ राई भवन) मा उनको अर्धकाय शालिकको अनावरणसमेत गरिएको छ।

​गुवाहाटीस्थित सामाजिक-साहित्यिक संस्था 'सयपत्री संस्कृतिक कला संगम' द्वारा आयोजित उक्त स्मरण कार्यक्रममा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाध्यायले मुख्य अतिथिको रूपमा शालिकको अनावरण गरेका थिए।

कार्यक्रममा हरि प्रसाद ‘गोर्खा’ राईकी नातिनी तथा प्रतिष्ठित महिला उद्यमी श्रीमती सुमन राई केसी र उनका पति, चौतारी सामाजिक समूहका अध्यक्ष तथा विशिष्ट व्यवसायी गोपाल केसीको विशेष उपस्थिति रहेको थियो। यसका साथै, भागोप असम राज्य समितिका अध्यक्ष अमर अधिकारी, असम नेपाली साहित्य सभाका पूर्व अध्यक्ष नवा सापकोटा, आग्सूका पूर्व सभापति अर्जुन छेत्री, असम गोर्खा सम्मेलनका पूर्व मूलसचिव किशोर उपाध्याय, कामरूप जिल्ला भागोपका अध्यक्ष जगदीश गहतराज लगायत विभिन्न युवा क्लब, महिला सङ्घ र स्थानीय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता सयपत्री संस्कृतिक कला सङ्गमकी कार्यकारी अध्यक्ष श्रीमती मुन्नी सापकोटाले गरेकी थिइन्।

​साहित्यिक योगदान र विरासतको चर्चा

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि नित्यानन्द उपाध्यायले हरि प्रसाद ‘गोर्खा’ राईको जीवनयात्रा र गोर्खा साहित्यमा उनको अमूल्य योगदानबारे विस्तृत चर्चा गरे। उनले मालीगाउँस्थित देवकोटा नगरमा दुईतले 'हरि प्रसाद ‘गोर्खा’ राई भवन' निर्माणका साथै अहिले अनावरण गरिएको शालिक प्रायोजन गर्ने गोपाल केसी र सुमन राई केसी परिवारप्रति विशेष कृतज्ञता व्यक्त गरे। उक्त भवनमा हाल भागोप असम राज्य समिति र सयपत्री संस्कृतिक कला सङ्गमको कार्यालय सञ्चालित छ।

​को हुन् हरि प्रसाद ‘गोर्खा’ राई?

१५ मार्च १९१४ मा नागा हिल्सको तत्कालीन मुख्यालय कोहिमामा जन्मिएका स्वर्गीय हरि प्रसाद ‘गोर्खा’ राई उत्तर–पूर्व भारतका एक विख्यात बहुभाषी साहित्यकार थिए। साहित्य एकेडेमीको सामान्य परिषद्का पूर्व कार्यकारी सदस्यसमेत रहेका राई असमिया, हिन्दी, बंगाली, मणिपुरी, उडिया र अङ्गामी भाषामा पनि उत्तिकै पोख्त थिए।

​शिक्षण पेशाबाट आफ्नो करिअर सुरु गरेका उनले आकाशवाणी (All India Radio) गुवाहाटी र कटक केन्द्रमा सहायक निर्देशकको पदसम्म पुगेर सन् १९६८ मा स्वेच्छिक अवकाश लिएका थिए। दोस्रो विश्वयुद्धको समयमा उनले सामुदायिक विकास अधिकारी र भारत-बर्मा सीमामा शरणार्थी पुनर्वासका लागि क्याम्प कमाण्डेन्टजस्ता महत्वपूर्ण जिम्मेवारीहरू पनि कुशलतापूर्वक सम्हालेका थिए।

​सन् १९३१ मा विद्यालयको पत्रिका “ज्योति” मा पहिलो कविता प्रकाशित गरेर साहित्यिक यात्रा थालेका राईका “बाबरी”, “मञ्चरिको बोली” (कविता सङ्ग्रह) र “यहाँ बदनाम हुन्छौ” (कथा सङ्ग्रह) जस्ता कृतिहरू निकै लोकप्रिय छन्। उनका कविताहरू “क्याम्प उठ्यो” र “गोर्खाको मोडल” पश्चिम बंगाल र सिक्किमका विद्यालय पाठ्यक्रममा समेत समावेश छन्।

​आफ्नो जीवनकालमा पद्मा धुंगाना पुरस्कार, जगदम्बी श्री पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कारलगायत थुप्रै सम्मानबाट पुरस्कृत राई एक सक्रिय समाजसेवी पनि थिए। ९५ वर्षको उमेरमा १४ नोभेम्बर २००५ मा कोहिमामा निधन भएका राईलाई आज उत्तर-पूर्व भारतमा “गोर्खा साहित्यको शिरोमणि” का रूपमा सम्मानका साथ स्मरण गरिन्छ।

​गुवाहाटीमा स्थापित यो शालिकले आफ्नो नाममा “गोर्खा” शब्द प्रयोग गरी जातीय पहिचान स्थापित गर्ने अग्रणी व्यक्तित्वप्रतिको सच्चा श्रद्धाञ्जलि अर्पण गरेको छ।

#Assam Gorkha#Bharatiya Gorkha Parisangh#Gorkha Sahitya#Guwahati News#Hari Prasad Gorkha Rai#NELIVE24#Nepali Sahitya#भारतीय गोर्खा परिसंघ असम#हरि प्रसाद गोर्खा राई
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

26 Jun 2026
শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

19 Jun 2026
পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

15 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.