Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›समाचार›आग्सु (AAGSU) नेतृत्वको भित्री समीकरण: अन्तरिम सभापति को ! र नदुवारमा सुनिल छेत्री ! | Nelive24 Special
समाचार

आग्सु (AAGSU) नेतृत्वको भित्री समीकरण: अन्तरिम सभापति को ! र नदुवारमा सुनिल छेत्री ! | Nelive24 Special

Super Admin5 March 20263 min read

​रिपोर्ट: Nelive24 डेस्क

आग्सु (अखिल असम गोर्खा छात्र संघ) लाई विधानतः एउटा विशुद्ध अराजनैतिक छात्र संगठन मानिन्छ। तर असमको  राजनीतिमा  यथार्थलाई नियाल्ने हो भने छात्र संगठन त्यस्तो बलियो 'नर्सरी' हो, जसले निरन्तर राजनीतिक नेतृत्व उत्पादन गर्दै आएको छ। हामी जान्दछौं आग्सुबाट पुर्वमा पनि — जगदीश खनाल, प्रेम तामाङ, किशोर उपाध्यायदेखि अञ्जन उपाध्यायसम्मका पूर्व आग्सु हस्तीहरू आज कुनै न कुनै राजनीतिक दलको महत्त्वपूर्ण ओहदामा विराजमान छन्। अब यही परम्परालाई निरन्तरता दिँदै वर्तमान सभापति सुनिल छेत्रीले पनि छात्र राजनीतिबाट बिदा लिएर प्रत्यक्ष संसदीय चुनावमा होमिने तयारी गरेपछि, डिसेम्बर महिनादेखि नै गोर्खा संघ-संस्था वृत्तमा सामाजिक माध्यमहरुमा चलेका निक्कै चर्चा हरु बिच आज एउटै प्रश्नले तापक्रम बढाएको छ— पुराना फाइलहरू बन्द गर्दै अब अधिवेशनसम्मका लागि आग्सुको 'अन्तरिम सभापति' को बन्ला?

नयाँ संविधानअनुसार आग्सुमा अहिले पाँच जना उपसभापति छन्। व्यवस्थाअनुसार त्यहाँ एक पद महिलाका लागि आरक्षित हुनुपर्ने हो। तर अचम्मको कुरा के छ भने पाँचवटै पद खाली छैनन्, भरिभराउ छन्, तर त्यहाँ एक जना पनि महिला उपसभापति छैनन्! महिला आरक्षण छ तर महिला छैनन् भन्ने यो विडम्बनापूर्ण अवस्थाका बीच यिनै पाँच जनामध्येबाट एकले अन्तरिम नेतृत्व सम्हाल्नु पर्नेछ। तर आन्तरिक गणितको खेल अर्कै छ। उपसभापति जयराज छेत्री हाल नेतृत्व लिने मुडमा पटक्कै देखिँदैनन् भने अर्का उपसभापति दिलीप गजुरेल संगठनभन्दा दलीय राजनीतितर्फ बढी ढल्किएकाले र नयाँ पुस्तालाई बाटो छोड्ने पक्षमा छन्। कार्यकारिणीमा राम्रो पकड भए पनि गणितीय हिसाबमा रोहित लमसाल रेसको दोस्रो नम्बरमा खुम्चिएका छन्, जसले गर्दा उनीहरू अन्तरिम सभापतिको रणबाट लगभग बाहिरिसकेका छन्। यस्तोमा भिडन्त सिधै दुई जनाबीच छ— बिटीआर (BTR) बाट आउने राजु बजगाईं र सञ्जीव चौहान। वर्तमान सभापति सुनिल छेत्रीलाई नेतृत्वमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका र उनीसँग आन्तरिक निकटता रहेका बजगाईंको सम्भावनालाई नकार्न सकिँदैन। तर, हरेक अप्ठ्यारो परिस्थितिमा  'संकटमोचक' बनेर खटिएका सञ्जीव चौहानको नाम अहिले सबैभन्दा बढी चर्चामा छ। समसामयिक अवस्था र गणितलाई हेर्दा अधिवेशनसम्मको अन्तरिम सभापतिको रूपमा सञ्जीव चौहानलाई नै सबैभन्दा बलियो र स्वाभाविक दाबेदार मानिएको छ तर याहा अन्तिम सिद्धान्त आग्सुको‌ केन्द्रिय कार्यकारिणीले लिने छ  ।

याहा विशेष गरि अन्तरिम सभापतिको यो कथा त ट्रेलर मात्र हो, सिंगो फिल्म त अधिवेशनबाट निर्वाचित भएर आउने पूर्ण कार्यकालको नेतृत्व चयनमा देखिनेछ। आग्सुको १मार्चमा आयोजित वर्धित कार्यकारिणीमा जुलाई भित्र अधिवेशन आह्वान गर्ने सिद्धान्त पछि हालका मूलसचिव नुमल छेत्री आगामी सभापतिको सबैभन्दा बलियो प्रत्याशीका रूपमा उभिएका छन्। यदि माथिल्लो असमबाट उनी सभापति भए भने ,, त्येसो हुदा मूलसचिवको कुर्सीमा को बस्ला? यो दौड निकै पेचिलो बनेको छ। एकातिर हाल बहुचर्चित रहेका आग्सुका शिक्षा सचिव टिंकु पौडेल मैदानमा छन् भने अर्कोतिर बिटीआरबाट संगठनभित्रको सहानुभूति र समर्थन बोकेका केन्द्रीय सचिव जन चौहान बलियो प्रत्याशी मानिएका छन्। यसैगरी, माथिल्लो असमबाट हालका सांगठनिक सचिव दीपक नेवार र सभापतिको विश्वासपात्र मानिएका र संगठनमा लामो अनुभव रहेका हालका प्रचार सचिव सोमराज सोनार पनि मुलपदमा आउने सम्भावना कम नभ्एको हैन। तर यो भिडन्त केन्द्रीय नेताहरूमा मात्र सीमित छैन। जिल्ला समितिहरूबाट पनि केन्द्रीय नेतृत्वका दाबेदार नरहेका हैनन्। हाल उदालगुरी जिल्लाका सभापति राम छेत्री र धेमाजीका सभापति सोमराज पुरीले पनि यो दौडमा आफूलाई उभ्याएपछि आगामी नेतृत्व चयनमा 'माथिल्लो असम भर्सेस बिटीआर' वा 'जिल्ला भर्सेस केन्द्र' को रोमाञ्चक लुकाचौरि हेर्न पाइने पक्का छ।

यी सम्पूर्ण सांगठनिक जोडघटाउ र चर्चाको 'रिमोट कन्ट्रोल' भने फेरी वर्तमान सभापति सुनिल छेत्रीको 'नदुवार' यात्रामा गएर ठोक्किन्छ। छेत्री नदुवार विधानसभा क्षेत्रबाट चुनावी रणमा उत्रिने व्यापक चर्चा छ चलिरहेको बिचमा हाल सम्म कुरा स्पष्ट भ्एको छैन तर छेत्रीले राजनैतिक ईच्छा देखाए पनि  नदुवारको मैदान उनका लागि त्यति सजिलो भने पक्कै छैन। त्यहाँ हाल भाजपाका शक्तिशाली विधायक पद्म हजारिकाको दरो उपस्थिति छ। नदुवारमा गोर्खा भोटरको संख्या धेरै भए पनि बहुसंख्यक गोर्खाहरू भाजपाकै पक्षमा छन्। यस्तो अवस्थामा हजारिकाको वर्चस्वलाई चिरेर सुनिल छेत्रीले भाजपाबाटै टिकट पाउने वा त्यहाँ गएर राजनीतिक योगदान गर्न सक्ने सम्भावना निकै कम देखिन्छ। यद्यपि, राजनीतिमा रातारात विचार र अवस्था बदलिनु कुनै ठूलो कुरा होइन, उनी भाजपामा पनि जान सक्छन्। तर, अर्कोतर्फ कंग्रेसले नदुवारमा गोर्खा उम्मेदवारलाई टिकट दिने चर्चा पनि उत्तिकै तातेको छ। छात्र संगठनबाट बिदा लिने बित्तिकै संसदीय निर्वाचनमा होमिने छेत्रीको तीव्र चाहनाले उनलाई कंग्रेसको कित्तामा उभ्याउन सक्ने सम्भावनालाई पनि विश्लेषकहरूले मिहिन रूपमा निहालिरहेका छन्। त्यसमाथि राम प्रसाद शर्मा जस्ता दिग्गज नेता पनि यही रणमा रहेकाले नदुवारको भिडन्त र छेत्रीको राजनीतिक अवतरणले आग्सुको भावी राजनीतिलाई कुन मोड दिन्छ, त्यो हेर्न निकै रोचक हुनेछ।

#AAGSU#Assam Elections 2026#Assam Gorkha Politics#Gorkha Students Union#Naduwar Election#Nelive24 News#Sanjeev Chauhan#Sunil Chhetri#Tinku Poudel
About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

26 Jun 2026
শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24

19 Jun 2026
পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

পিতৃ-মাতৃহীন বিক্ৰমৰ ঈৰ্ষণীয় সাফল্য! নেওচিলে নিয়তিৰ নিষ্ঠুৰ পৰিহাস |

15 May 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.